• समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
×
Vrikuti News
मङ्गलबार, साउन २६, २०८३
मङ्गलबार, साउन २६, २०८३
VK
Vrikuti News
मङ्गलबार, साउन २६, २०८३
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
  • ☰

भर्खरै

जेनजी आन्दोलनपछिको राजनीति र भूराजनीतिक जटिलताबारे काठमाडौँमा अन्तरक्रिया

भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता 

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर 

संसदमा प्रवेश गर्यो विनय यादवको आमरण अनशन, स्वास्थ्य अवस्था नाजुक

वरिष्ठ कवि शैलेन्द्र साकारको एकल वाचन सम्पन्न: ‘राष्ट्रियतामा साहित्यको भूमिका’बारे गहन चर्चा

भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

भृकुटी न्यूज: शनिवार साहित्यमा आजको पुस्तक

भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनपछिको राजनीति र भूराजनीतिक जटिलताबारे काठमाडौँमा अन्तरक्रिया

  • २. संसदमा प्रवेश गर्यो विनय यादवको आमरण अनशन, स्वास्थ्य अवस्था नाजुक

  • ३. भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता 

  • ४. भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर 

  • ५. भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

डा. गुरू कुमारन स्वामीको नेपालमा ठूलो लगानी गर्ने चाहना,भेटे उद्यमी व्यवसायी

"कालीबाबा संकल्पित दशमहाविद्या रुद्रहवन महायज्ञ जारी "

काठमाडौं, साउन २१ गते । दूरदर्शी आध्यात्मिक अभियन्ता, उद्यमी अन्तर्राष्ट्रिय सन्त डा. गुरूजी कुमारन स्वामीले नेपालमा लगानी गर्ने इच्छा व्यक्त गरेका छन्।

पशुपतिनाथ मन्दिर परिसरस्थित हंशमण्डपमा जारी दशमहाविद्या रुद्रहवन महायज्ञका प्रमुख सल्लाहकार डा. मिलनकुमार थापाको निमन्त्रणामा महायज्ञमा सहभागी हुन आएका डा. गुरू कुमारन स्वामीले नेपालका प्रतिष्ठित व्यवसायी, उद्यमी र वाणिज्य क्षेत्रका अगुवासँगको भेटमा नेपालमा लगानी गर्ने बताएका हुन्।

श्रीश्री १००८ स्वामी महामण्डलेश्वर कृष्णनन्द परमहंश कालिदास बाबा (कालीबाबा) द्वारा संकल्पित दशमहाविद्या रुद्रहवन महायज्ञमा सहभागी हुन साउन १८ गते डा. गुरू कुमारन स्वामी काठमाडौँ आएका छन्।

कम्बोडियामा पाँचौँ धाम स्थापना गरेका डा. गुरू कुमारन स्वामीले नेपालका औद्योगिक घरानाका अगुवासँग मङ्गलबार र बुधबार भेटवार्ता गरेका छन्। दशमहाविद्या रुद्रहवन महायज्ञका सूत्राधार एवं प्रमुख सल्लाहकार डा. मिलनकुमार थापाले गुरुजी डा. कुमारन स्वामीले नेपालका उद्यमी व्यवसायीसँगको भेटवार्तामा नेपालमा लगानीको वातावरण, सरकारको सहयोग र लगानीका सम्भावित क्षेत्रका सन्दर्भमा जिज्ञासा राखेको जानकारी दिएका छन्।

‘गुरुजी डा. कुमारन स्वामी धार्मिक अभियानसँगै व्यावसायिक कार्यमा पनि संलग्न रहेकाले नेपालमा लगानी गर्ने इच्छा व्यक्त गर्नुभएको हो । उहाँले लगानीको सम्भावनाबारे बहुपक्षीय छलफल र परामर्श गर्नुभएको छ,’ डा. थापाले भने।

डा. थापाका अनुसार धार्मिक पर्यटन प्रवद्र्धन, नेपालको समुन्नति र आर्थिक विकासको लक्ष्य राखेर महायज्ञ आयोजना गरिएको हो। डा. थापाले भारतबाट विशिष्ठ पाहुना आउने क्रम जारी रहेको बताए।

धार्मिक अभियन्ता डा. गुरू कुमारन स्वामीले भगवान पशुपतिनाथ र दशमहाविद्या रुद्राहवनको दर्शन गरेको र नेपालको समुन्नतिका निम्ति केही महत्त्वपूर्ण कार्य गर्ने प्रेरणा मिलेको जानकारी दिए । ‘नेपाल र भारतले आर्थिक विकास र समुन्नतिको यात्रा सँगसँगै अघि बढाउनुपर्छ भन्ने मेरो दृष्टिकोण हो, त्यसैले नेपालमा लगानी गर्न संवाद सुरु गरेको हुँ,’ डा. गुरु कुमारन स्वामीले भने।

डा. गुरु कुमारन स्वामीले सन्तले पनि बाँच्नका निम्ति असल उद्यम कर्म गर्नुपर्छ भन्ने मान्यता राखेर विश्वका धेरै देशमा उद्योग, कलकारखाना र व्यापार सञ्चालन गरिरहेका छन्।

महायज्ञका संकल्पकर्ता अन्तर्राष्ट्रिय सन्त कालीबाबाले नेपालको समुन्नति, आर्थिक एवं सामाजिक रुपान्तरण र नागरिकको सर्वोपरि हितका पक्षमा काम गर्ने प्रेरणा प्राप्त होस् भनेर महायज्ञको संकल्प गरिएको बताएका छन् । ‘नेपालमा लगानी भित्रियोस्, समुन्नति र शान्ति होस्, जनताले सुख पाउन् भन्ने नै हाम्रो कामना हो,’ कालीबाबाले भने।

साउन १४ गतेदेखि जारी दशमहाविद्या रुद्रहवन महायज्ञ साउन २४ गते समापन हुनेछ ।

  • #कलीबाबा #मिलन थापा#डा.गुरु कुमारन स्वामी#भृकुटी न्यूज #काठमाडौं
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
जेनजी आन्दोलनपछिको राजनीति र भूराजनीतिक जटिलताबारे काठमाडौँमा अन्तरक्रिया
भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता 
भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

धेरै पढिएको

  • १.
    जेनजी आन्दोलनपछिको राजनीति र भूराजनीतिक जटिलताबारे काठमाडौँमा अन्तरक्रिया

  • २.
    संसदमा प्रवेश गर्यो विनय यादवको आमरण अनशन, स्वास्थ्य अवस्था नाजुक

  • ३.
    भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता 

  • ४.
    भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर 

  • ५.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

ताजा समाचार

  • ६.
    वरिष्ठ कवि शैलेन्द्र साकारको एकल वाचन सम्पन्न: ‘राष्ट्रियतामा साहित्यको भूमिका’बारे गहन चर्चा

हाम्रो बारेमा

भृकुटी संचार प्रा.लि. द्वारा संचालित
www.vrikutinews.com

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor – 10, Kathmandu, Nepal

सम्पर्क नम्बर
९८४२३६७५९५

ईमेल
vrikutionlinetv@gmail.com

हाम्रो टीम

प्रधान सम्पादक
ज्याोति किरण रिजाल

सम्पादक
शक्ति किरण रिजाल

न्युज डेक्स
सीता आस्था ढुङ्गेल

समाचार संयोजक
हेमन्त तिवारी

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Vrikuti News | All rights Reserved.
 Website By :  nwTech.