बयोवृद्ध प्रजातन्त्रबादी नेता खेमराज सेढाईं पक्राउ

0

२२ वैशाख, काठमाडौं । तीनकुनेमा भएको राजावादी प्रदर्शनमा हिंसात्मक घटनामा संलग्न भएको आरोपमा नेपाली काँग्रेसका सन्त नेता स्व.कृष्ण प्रसाद भट्टराईका अनुयायी तथा  प्रजातान्त्रिक योद्धा, बयोवृद्ध नेता खेमराज सेढाईंलाई  पक्राउ गरिएको छ ।

७२ वर्षीय नेता खेमराज सेढाईंलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौं एसएसपी विश्व अधिकारीले बताएका छन् । लामो कालखण्ड नेपाली काँग्रेसको राजनीतिमा बिताएका सेढाईं काँग्रेस सभापति शेरबहादुर देउवाका समेत निकट मित्र हुन्। विगत लामोसमय देखि प्रजातन्त्र र संवैधानिक राजसंस्थाको आवश्यकता बारे बहस गर्दै आएका नेता सेढाईंलाई आज गिरफ्तार गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here