काठमाडौं । शिक्षकहरूले १६ दिनदेखि काठमाडौं केन्द्रित सडक आन्दोलनलाई जारी राखेका छन्। शिक्षा ऐन माग गर्दै नेपाल शिक्षक महासंघको नेतृत्वमा जारी आन्दोलन थप आक्रमक हुँदै गइरहेको छ।
यसको प्रभाव उपत्यकासहित देशभरका सामूदायिक विद्यालयमा परेको छ। नयाँ शैक्षिक सत्रको सुरु भए पनि भर्ना कार्यक्रम सुरु हुन सकेको छैन। काठमाडौं उपत्यकाको सवारी आगमनमा समस्या भइरहेको छ।
१६ दिनदेखि शिक्षकहरूको राजधानी केन्द्रित सडक आन्दोलन बिहीबार पनि जारी राखेका हुन्। बिहीबार नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकले माइतीघरबाट प्रदर्शनसहित बानेश्वर पुगेर धर्ना दिएका छन्। शिक्षा ऐन जारी नभएसम्म आन्दोलन जारी राख्ने शिक्षकहरुले चेतावनी दिएका छन्।