२१ असार,काठमाडौं। राजनीतिक विश्लेषक प्रा.डा.विजय मिश्रले पछिल्लो समय एमालेले अमेरिका मार्फत काङ्ग्रेससँग वार्ता गरिरहेको बताएका छन् । vrikuti online tv को एक अन्तरवार्तामा समसामयिक राजनीतिक घट्ना क्रमबारे बोल्दै डा. मिश्रले यस्तो खुलासा गरेका हुन् ।
एमाले र काङ्ग्रेसको गठबन्धनमा काङ्ग्रेस नेतृत्वको नयाँ सरकार बनाउने योजनामा विस्वासको सङ्कट देखिएकै कारण अमेरिका मार्फत छलफल चलाइएको उल्लेख गर्दै यो वार्ता सफल भए र काङ्ग्रेस नेतृत्वमा नयाँ सरकार बन्न सफल भए प्रचण्ड जेलसम्म जान सक्ने स्थिति रहेको बताएका छन् । ललिता निवास काण्डबारे पनि अन्तरवार्तामा डा.मिश्रले थप नयाँ तथ्यहरु बताएका छन् ।