२० जेष्ठ,काठमाडौँ। काठमाडौ उपत्यका सहित देशभर गर्मीले जनजीवन कष्टकर बनेको छ । जल तथा मौसम विज्ञान विभाग मौसमको पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव छ। पश्चिमी वायु सक्रिय नरहेकाले वर्षा नहुँदा गर्मी बढेको महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले बताइन्।
वरिष्ठ मौसमविद् मानन्धरले भनिन्, “देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव परिरहेको छ, तर पनि मनसुनको समय भइसकेकाले सङ्क्रमणकालीन समय (प्रिमनसुन सकिने र मनसुन भित्रिनेबीचको समय) भएकाले अझै केही दिन वर्षा हुँदैन।”
जसले गर्दा केही दिन गर्मी बढ्ने अनुमान गरिएको मौसमविद् मानन्धरले बताइन्।