२६ बैशाख ,काठमाडौ । नायक नवल खड्काको निर्देशन र सामना फिल्म प्रा.लि. ले निर्माण गरेको चलचित्र “काँडेतार” सरकारको सेन्सर बोर्डले रोक लगाउनु दु:खद भएको भन्दै एमाले नेता डा.भिम रावल र राजनीतिक विष्लेषक प्रा.डा. सुरेन्द्र केसीले आक्रोश व्यक्त गरेका छन् । नेता रावलले “चलचित्र काँडेतारले कहाँ राष्ट्रिय आघात पुर्याएको छ ?” भन्ने प्रश्न गर्दै जवाफ दिन चेतावनी दिएका छन् । सरकारको गम्भीर ध्यानाकर्षण गर्दै नेता रावलले चलचित्र काँडेतारको विषयमा आफू बहस गर्न तयार रहेको समेत उल्लेख गरेका छन् ।
कार्यक्रमका अर्का वक्ता प्रा.डा.केसीले सरकारको लाचारीको आलोचना गर्दै बिदेशीको अत्याचार र सिमा छेत्रको उत्पिडनबारे उल्लेख गर्दै चलचित्रको देशभक्तिसँग डराएका कायरहरुले स्वाभिमानको कुरा गर्दै हिड्नु हास्यास्पद भएको बताए । तत्काल सेन्सर हटाउन चेतावनी दिदै वक्ताहरूले काँडेतारको पूर्ण सफलताको कामना समेत गरेका थिए।
“देशभक्तिपूर्ण चलचित्र निर्माणमा सरकार र नागरिकको भूमिका के हुन सक्छ ?”विषयक अन्तरक्रियात्मक छलफल एवम पत्रकार भेटघाट कार्यक्रममा सयौं पत्रकार र सहभागीहरुको उपस्थिति रहेको थियो । सिलौटो कटेज अनामनगरमा सम्पन्न सामना फिल्मस् तथा चलचित्र “काँडेतार” परिवार आयोजक रहेको उक्त कार्यक्रमको सभापतित्व निर्देशक ,नायक,नवल खड्काले गरेका थिए।
प्रधान सम्पादक
ज्याोति किरण रिजाल
सम्पादक
शक्ति किरण रिजाल
न्युज डेक्स
सीता आस्था ढुङ्गेल
समाचार संयोजक
हेमन्त तिवारी