२६ बैशाख,काठमाडौ। कक्षा १२ को वार्षिक परीक्षाकालागि विद्यालयले प्रवेशपत्र नदिएकै कारण धादिङको ज्वालामुखी गाउँपालिका– ७ चैनपुरका कृष्णबहादुर सार्कीका १९ वर्षीय जेठो छोरा जितबहादुर सार्कीले गत बुधबार विष सेवन गरेर आत्महत्या गरेका छन् ।
विद्यालयलाई दुईहजार एकसय रुपैयाँ शुल्क तिरेर प्रवेशपत्र लिनुपर्ने थियो ,तर उनले पैसा तिर्न नसकेपछि विद्यालयले प्रवेशपत्र दिएन त्यसपछि तनावमा परेका सार्कीले आत्महत्या गरेको बुझिएको छ। उनका बुबा करेन्टलागेर अपांग रहेको र ज्याला मजदुरी गर्दै उनले पढ्दै गरेको छिमेकीले बताए। असल र मेहनती स्वभावका १९ वर्षका सार्कीले आत्महत्या गरे सगै छिमेकी समेत शाेकमा डुबेका छन् ।