३ बैशाख ,चितवन,चितवनको उपचुनाव घात,प्रतिघात,आक्रोश र प्रतिरोधात्मक स्थितिबाट गुज्रने निस्चित देखिएको छ । चितवनमा माओवादी केन्द्रले पार्टीमा एक मत बनाउन सकेको छैन भने माओवादीका कटु आलोचक नै गठबन्धनको उमेदवार रहेको स्थितिले माओवादी केन्द्रका पुराना नेता कार्यकर्ताले मन बदल्ने स्थिति देखा परेको छ।अर्का तर्फ चितवनमा गठबन्धनका काङ्ग्रेस उमेदवार आफ्नै पार्टी भित्र अल्पमतको सामना गरिरहेको अवस्था छ । एमाले र राप्रपा भने एक ठिक्का देखिन्छन् तर आफू पराजित हुने स्थिति आए गठबन्धनलाई जित्न नदिने रणनीतिमा एमाले र राप्रपाको मनोबिज्ञान देखिन्छ । आर्का तर्फ माओवादी केन्द्रका पुराना नेता कार्यकर्ता र पूर्व लडाकुको एउटा पङ्तिले रवि लामिछानेलाई मतदान गर्न गोप्य सर्कुलर गरेको श्रोतले बताएको छ । राप्रपाले चुनाव जित्ने भन्दा पनि अस्तित्व धान्ने मात्र सोचिरहेको बेला मुख्य प्रतिस्पर्धा एमाले र रास्वपा बिच हुने देखिन्छ।
जे होस् चितवनको उप निर्वाचनले गम्भिर राजनीतिक सन्देश दिने कतिपय जानकारहरुले प्रतिक्रिया दिदै आएका छन् भने उपचुनावमा काङ्ग्रेस सभापतिको मौनताले गम्भिर अर्थ राखिरहेको छ । चितवन भिडन्त राजनीतिमा रोचक हुने देखिन्छ भने यो परिणामसँगै सत्ता राजनीतिले पनि नयाँबाटो तय गर्ने सङ्केतहरु देखिएका छन् ।
प्रधान सम्पादक
ज्याोति किरण रिजाल
सम्पादक
शक्ति किरण रिजाल
न्युज डेक्स
सीता आस्था ढुङ्गेल
समाचार संयोजक
हेमन्त तिवारी