२४ पुस, काठमाडौं । सत्ता साझेदार दलका शीर्ष नेताको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।
त्यस्तै विभिन्न प्रदेशमा सरकार गठनका विषयमा पनि छलफल हुनेछ। प्रदेशमा सरकार गठनको सवाल पेचिलो बन्दै गएकोमा चिन्तित रहेका प्रचण्डलाई प्रदेशको सवालले केन्द्रमा विस्वासको मतलाई समेत प्रभावित पार्ने भयले सताइरहेको छ।