५ पौष ,काठमाडौ ,भ्रष्टाचार र देशप्रतिको गैर जिम्मेवार अभिव्यक्तिका कारण पटक पटक विवादमा आइरहने पूर्वमाओबादी नेतृ एवम डा.बाबुराम भट्टराई पत्नी हिसिला यमीले इण्डियन सर्टिफिकेट इक्यूभेलेन्ट गराउन त्रिभुवन विश्वविद्यालयभित्र ठूलो चलखेल गरिरहेको बुझिएको छ । पछिल्लो समय ठूलो रकम र अन्य प्रलोभन दिंदै यमीले इन्डियन सर्टिफिकेटलाई बैधता दिन त्रिभुवन विश्व विद्यालयमा दवाब र प्रलोभनको अस्त्र प्रयोग गरिरहेको श्रोतले बताएको छ। समय समयम डा.भट्टराईको विद्यावारिधी र हिसिला यमीको शैक्षिक प्रमाण पत्र समेत अविश्वसनीय रहेको चर्चा भइरहेको बेला यमीले यस्तो प्रयत्न गर्नुले थप प्रश्न उठाएको छ । त्रिभुवन विश्वविद्यालयले अमुक पात्रको प्रभाव र दवाबमा परेर इन्डियन सर्टिफिकेट इक्यूभ्येलेन्ट गर्नु गलत नजिर र शैक्षिक छेत्रमाथि गम्भीर दीर्घकालिन असर पर्ने भन्दै यस्तो गर्न अस्विकार गरिरहेको श्रोतले बताएको छ।”नेपाल भित्र रहेका भारतीय नक्कली शैक्षिक प्रमाणपत्र धारीहरुलाई वैधानिकता दिँदै जाने हो भने कस्तो अवस्था आउला ?” त्रिभुवन विश्व बिद्यालयका एक अधिकारीले नाम नबताउने सर्तमा हिसिलाको यो प्रयास गम्भीर डिजाइनमा आइरहेको र हिसिलाले चाँडै विशिष्ट छेत्रमा नियुक्तिलिने तयारी रहेकोले आफ्ना शैक्षिक प्रमाणपत्रहरुलाई नेपाली बैधानिकता दिन ठूलो चलखेल गरिरहेको बताएका छन् ।
प्रधान सम्पादक
ज्याोति किरण रिजाल
सम्पादक
शक्ति किरण रिजाल
न्युज डेक्स
सीता आस्था ढुङ्गेल
समाचार संयोजक
हेमन्त तिवारी