प्रेस काउन्सिलमा ६ सदस्य नियुक्त, युनियन र चौतारीको भागबण्डा

0

काठमाडौं । प्रेस युनियन र प्रेस चौतारीबाट ३/३  जनाको भागबण्डा सहित  प्रेस काउन्सिल नेपालमा ६ सदस्य नियुक्त भएका छन् ।

सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङले उनीहरूलाई सदस्यमा नियुक्त गरेका हुन् ।

नवनियुक्त सदस्यहरूमा प्रेस युनियनबाट नकुल अर्याल, बालकृष्ण अधिकारी र पदमराज जोशी छन् भने चौतारीबाट निमा काफले, भीमलाल श्रेष्ठ र शान्तराम विडारी छन् । केहीले नियुक्ति पत्र बुझिसकेका छन् भने केही बुझ्ने तयारीमा रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here