सत्ता राजनीतिको तातो आलु बने गृहमन्त्री लेखक, बचाउमा लाग्यो कांग्रेस संस्थापन

0

काठमाडौं । भिजिट भिसा सेटिङमा पार्टीका नेता तथा गृहमन्त्री रमेश लेखक मुछिएपछि नेपाली कांग्रेसका नेताहरूको मत बाझिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत सहसचिव तीर्थराज भट्टराई र गृहमन्त्री रमेश लेखकको सचिवालयका कर्मचारीको नियमित सम्पर्क र समन्वय भइरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेसँगै गम्भीर नैतिक संकटमा परेका गृहमन्त्री लेखकबारे कांग्रेस नेताहरूबीच मत विभाजन भएको छ ।

भिजिट भिसाको सेटिङमा एयरपोर्ट अध्यागमन र गृहमन्त्रीको सचिवालयबीच प्रत्यक्ष सम्बन्ध देखिएको अनुसन्धानहरूले देखाएको छ, तर गृहमन्त्री मुछिएको यो प्रकरणमा विपक्षी दलका नेताहरूले प्रश्न उठाए पनि काँग्रेस संस्थापन भने लेखकको बचाउमा उत्रिएको छ । अनुसन्धानले गम्भीर घोटालाको तथ्यको चुरो फेला परिसकेको अवस्थामा समेत काँग्रेस संस्थापन पक्ष बचाउमा उत्रनुले प्रम ओली समेत सङ्कटमा परेका छन् । घोटालाको थप तथ्य आउन बाँकी भए पनि प्रश्न उठे पछि गृहमन्त्रीले राजीनामा गर्नु पर्ने काँग्रेस नेता शेखर कोइरालाको प्रतिक्रियाले सरकारलाई दबाबमा पारेको भने काँग्रेस भित्रको आन्तरिक परिस्थिति पनि पेचिलो हुने देखिएको छ यसरी हेर्दा गृहमन्त्रीको यो प्रकरणले सरकार र गठबन्धनमै जटिलता थप्ने राजनीतिक विश्लेषकहरुको टिप्पणी सार्वजनिक भएको छ । यो सबै घट्नाको अध्ययन गर्दा गृहमन्त्री लेखक नै अबको सत्ता राजनीतिकोको तातो आलु बने स्थिति देखा परेको प्रतिपक्षी नेताहरुको बुझाइ रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here