गुण्डा समूहले दियो सुरक्षा चुनौती, ‘इन्काउन्टर’ गर्ने प्रहरीको तयारी

0

एक दशकअघि प्रहरीले विविध घटनामा इन्काउन्टरलाई प्राथमिकतामा राखेको थियो। एकाध इन्काउन्टर भएपछि गुन्डा समूह ‘अन्डरग्राउन्ड’ भएका थिए। तर यतिबेला राजनीतिक गतिविधिमा प्रहरी व्यस्त भएको समय पारी विभिन्न गुन्डा समूह सक्रिय हुन थालेपछि सुरक्षा चुनौती थपिएको विश्लेषण प्रहरीका खास निकायले गरेका छन्।
उच्च स्रोतका अनुसार पछिल्ला दिनमा गुन्डानाइकेहरुले तल्लो तहसम्म नै नेट्रोक तयार गरिरहेको र आपराधिक घट्नामा सल्बलाउनेगरी गतिविधि भएपछि प्रहरीको अपराध नियन्त्रण गर्ने निकायले  पुन एक पटक ‘इन्काउन्टर’को योजनामा जान सक्ने गरी तयारी गरिरहेको पाइएको छ।
पछिल्लो समय काठमाडौँ लगायत देशका विभिन्न क्षेत्रमा गुण्डा नाइकेहरूका समूहहरूको आपसी झडप तीव्र बन्दै गएको छ। व्यावसायिक प्रतिष्ठानलाई लक्षित बनाएर उनीहरूले आक्रमण र हिंसा मच्चाउन सुरु गरेको पाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here