वामपन्थी नेता तथा साहित्यकार प्रदीप नेपालको निधन

0

काठमाडौं । वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारकै क्रममा नेता नेपालको निधन भएको हो । नर्भिकको आईसीयूमा उपचाररत नेता नेपाल पार्किन्सन्स रोगबाट ग्रस्त थिए ।

उनलाई निमोनिया पनि देखिएको अस्पताल स्रोतले जानकारी दियो ।

उनी साहित्यकारसमेत हुन् । नर्भिक अस्पतालका सीईओ अजय मिश्रका अनुसार नेता नेपालको निधन केहीबेरअघि भएको हो ।

नेता नेपाल पछिल्लो समय  राजनीतिक दृश्यमा थिएनन् । एमालेको नवौं महाधिवेशनसम्म सक्रिय रहेका नेपाल पछिल्लो समय गुमनामजस्तै थिए । पार्टीका भेला, बैठकमा उपस्थित थिएनन् । २०५१ सालमा पार्टीले अल्पमतको सरकारको नेतृत्व गरेका बेला सूचना तथा सञ्चारमन्त्री बनेका थिए नेपाल ।

नेकपा एकतापछि उनलाई पार्टीले केन्द्रीय कमिटीको जिम्मेवारी दिइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here