नाउपाका संरक्षक रेशम चौधरीलाई कारागार बुझाइयो, जनमत पार्टीका प्रवक्ता डा.यादवले दिए कडा प्रतिक्रिया

0

काठमाडौँ, वैशाख १७ गते । पार्टी एकता घोषणा सभामा पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई प्रहरीले डिल्लीबजार कारागार बुझाएको छ । नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीचको एकता घोषणा सभामा पुगेका निजलाई केहीबेर अघि जिल्ला प्रहरी परिसर काठमाडौँको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।

सर्वोच्च अदालतको फैसला कार्यान्वयनसम्बन्धी आदेशबमोजिम उहाँलाई पक्राउ गरेर डिल्लीबजार कारागार पठाइएको काठमाडौँ परिसरका प्रहरी उपरीक्षक अपिलराज बोहराले भृकुटी न्यूजलाई जानकारी दिनुभयो। यसै घट्नालाई लिएर जनमत पार्टीका प्रवक्ता डा. शरद यादवले यो मधेसी आदिवासी र जनजातिलाई एकता हुन नदिने राज्यको गम्भीर षड्यन्त्र भएको बताउँदै लोकतन्त्रमाथि सरकारी आक्रमण भएको र प्रतिवाद गरिने प्रतिक्रिया दिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here