शौचालय( ट्वाइलेट )मा थुनिए एमाले सचिव योगेश भट्टराई, प्रहरीले जोगाइदियो ज्यान

0

काठमाडौं– नेकपा एमालेका सचिव तथा ताप्लेजुङका सांसद योगेश भट्टराई निर्वाचन क्षेत्रमा नै शौचालय (ट्वाइलेट)मा थुनिएका छन्।

भट्टराई गृहजिल्ला ताप्लेजुङमा ‘नो केबलकार’ समूहले घेरा हालेपछि ट्वाइलेटमै थुनिएका हुन्।

ट्वाइलेट छिरेका भट्टराईलाई आन्दोलनकारीले ट्वाइलेटमै  घेरा हालेपछि प्रहरीले शौचालयको ढोकामा चुकुल हालेर सांसद भट्टराईलाई सुरक्षा दिएको थियो।

झण्डै १ घण्टा पछि प्रहरीको जनशक्ति थपिएर भीड तितरबितर पारेपछि भट्टराईलाई प्रहरीको सहयोगमा ट्वाइलेट बाहिर निकालिएको थियो। भट्टराईमाथि आक्रमणकै प्रयास भएपछि प्रहरी र स्थानीय बीच मुडभेड समेत भएको छ । भट्टराईलाई प्रहरीले हेलिकोप्टरसम्मै सुरक्षा दिनुपरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here