राजाको शुभकामना सन्देशमा देउवा र प्रचण्डको गोप्य भूमिका

0

 चैत्र ३१, काठमाडौँ।  नयाँ वर्षको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको शुभकामना सन्देशमा स्पष्ट परिवर्तनको संकेत गर्नुका पछाडि राजा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र काङ्ग्रेस सभापति शेरबहादुर देउवाको गोप्य सम्झौताको भूमिका रहेको निकट श्रोतले उल्लेख गरेको छ।
नयाँ वर्षको उपलक्ष्यमा वक्तव्य जारी गर्नु अघि पूर्वराजा ज्ञानेन्द्र शाहले चीन,भारत, रुस र अमेरिकी प्रतिनिधिहरु सहित राखेर  प्रचण्ड र देउवासँग गोप्य भेटघाट गरेको श्रोतले बताएको छ ।
स्रोतका अनुसार राजा,देउवा र प्रचण्ड बीच लिखित गोप्य सम्झौता भएको र तत्काल रास्वापा, माओवादी केन्द्र सहित अन्य केही दलको समर्थनमा कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गरी हिन्दू राष्ट्र र संवैधानिक राजसंस्था सहितको लोकतान्त्रिक प्रणलीको खाका अगाडि लैजाने सहमति भएको बताइएको छ। त्यस्तो बेला एमाले र ओलीले किनाराबाट चाल्न सक्ने सम्भावित भूमिका, सम्भावना र चुनौतीबारे समेत छलफल भएको स्रोतले बताएको छ। यो लिखित भद्र सहमति र तयारीमा सेनाको समेत समर्थन रहेको बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here