काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी अर्का विवादास्पद नेता तथा उपसभापति डोलप्रसाद अर्यालले पाएका छन् । हिजो सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेपछि उपसभापति अर्याललाई कार्यवाहक दिइएको हो ।
सभापति लामिछानेले पक्राउपूर्व अर्याललाई कार्यवाहक तोकेको रास्वपाले जनाएको छ । अर्याल रवि लामिछानेका विगतदेखि नै निकट र विश्वासपात्र रहँदै आएका छन्। विशेषगरी रविको स्रोत नखुलेको आर्थिक कारोबारलाई विदेशमा व्यवस्थापन गर्ने र वैदेशिक ठगीमा अर्याल जोडिएको आरोप समेत लाग्दै आएको छ।