चर्चित सहकारी ठग लामिछानेलाई भैरहवा लगिँदै,सोमबार अदालतमा उपस्थित गराइने

0

चैत्र २३,काठमाडौँ । सहकारी ठगीसम्बन्धी मुद्दामा रास्वपा सभापति एवं गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई थुनामा पठाउन भैरहवा लगिँदै छ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले शुक्रबार आदेश दिएलगत्तै उनलाई प्रहरीले गए राति पक्राउ गरेको थियो ।
हवाइमार्गबाट भैरहवा लैजानका लागि उनलाई विमानस्थल लगिएको प्रहरीले बताएको छ ।
रूपेन्देहीका एसपी रञ्जितसिंह राठौरले उनलाई आज र भोलि रूपन्देही प्रहरीको हिरासतमा राखिने बताए । सोमबार उनलाई अदालतमा पेस गरिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here