मेयर बालेन्द्र साहको स्टन्टबाजी र चटक प्रति घोर आपत्ति जनाउँदै तत्काल त्रुटि सच्याउन राष्ट्रिय नागरिक आन्दोलन एवम् राष्ट्र बचाउ अभियानका संयोजक डा. मनोज कुमार झा ले प्रेस वक्तव्य मार्फत सार्वजनिक गरेका छन् ।
‘यस्तो संवेदनशील समयमा चटक देखाउने होइन, जनता र देश सँगै उभिने बेला हो यो । बालेन जी, चटक होइन आफुलाई देशभक्त नागरिक भएको प्रमाणित गर्ने बुद्धि पलाओस ।’
राजा ज्ञानेन्द्रसँग सहमत हुनु वा नहुनु फरक विषय भए पनि यसप्रकारको निर्णयलाई सस्तो लोकप्रियता बटुल्ने प्रयास बाहेक केही भन्न नसकिने उल्लेख गर्दै उनले तिनकुनेमा प्रदर्शनको लागि अनुमतिप्राप्त गर्ने व्यक्ति वा संस्थालाई जरिवाना गर्नुपर्नेमा राजालाई पत्र पठाएर मेयरले सामान्य ज्ञान र कानुनी सवालमा समेत केटौले कच्चा पन प्रस्तुत गरेको भन्दै कार्यक्षमतामाथि प्रश्न उठाउने चेतावनी समेत दिएका छन्।
आफू स्वतन्त्र साझा मेयर भएर पनि स्वतन्त्र साझा राजसंस्थाको गरिमा नबुझ्नु तुच्छता भएको भन्दै उनले यस्तो भद्दा र लज्जास्पद स्टण्ड नगर्न सुझाव दिँदै निर्णय सच्याउन सुझाब समेत दिएका छन्।