प्रधानमन्त्री केपी शर्मा ओली बिरामी पर्नु भएको छ । कोसी प्रदेशमा आयोजित कार्यक्रमलाई विराटनगरमा सम्बोधन गरेर फर्किए पश्चात नै ओलीको स्वास्थ्यमा असहजता महसुस गरिएको थियो।
बालुवाटारको विश्वस्त स्रोतले बताए अनुसार गएराति देखि स्वास्थ्यमा थप समस्या देखिएको छ। स्वास्थ्यमा खास कस्तो समस्या देखिएको हो? र उपचार कसरी भईरहेको छ ? भन्ने बारे विस्तृत विवरण बाहिर नआए पनि प्रधानमन्त्रीका पूर्व निर्धारित आजका सबै कार्यक्रम स्थगित गरिएको बुझिएको छ।