पशुपतिनाथको दर्शनका निम्ति राति दुई बजेबाट मन्दिरको ढोका खोलिँदै, दर्शनार्थीको घुइँचो

0

१३ फागुन, काठमाडौं । भोलि देशभर महाशिवरात्रि मेला लाग्दैछ । काठमाडौंको पशुपतिनाथमा प्रत्येक वर्ष शिवरात्रिमा विशेष मेला लाग्ने गर्छ । मेलाको पूर्वसन्ध्यामा भक्तजनहरूको व्यापक उपस्थिति देखिएको छ भने  देश विदेशबाट आएका भक्तजन र पाहुनाहरूले पशुपति क्षेत्र खचाखच भरिएको छ।

साधुसन्त महन्तहरुको आगमन भइसकेको र शिवरात्रिका लागि आउने भक्तजनहरूका लागि सहज रुपमा दर्शन गर्नसक्ने व्यवस्था मिलाइएको छ  भने आज राति २ बजेबाट नै  पशुपतिनाथको दर्शनका निम्ति ढोका खुल्ला गरिने पशुपति विकास कोषका  सदस्य सचिव  डा. मिलन कुमार थापाले जानकारी दिनुभएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here