काठमाडौं– समाजवादी मोर्चामा आवद्ध दलहरु बीच पार्टी एकता गर्ने सहमति बनेको छ । उक्त सहमति सँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधि सभामा ३२ सिट बढाएर ४३ सिट युक्त संसदीय दलको नेता बन्ने भएका छन् भने राष्ट्रिय सभामा पनि सिट थप्ने लगभग निश्चित भएको छ।
बुधबार माओवादी केन्द्र, नेत्रविक्रम चन्दको नेकपा, नेकपा एकीकृत समाजवादी र नेपाल समाजवादी पार्टीले एकीककरण गर्ने लगभग निधो गरेको बताइएको छ।
नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसर पारेर एकीकरणको घोषणा गरिने सहमति सहितको पूर्ण तयारी भएको नाम उल्लेख नगरिदिने सर्तमा एक नेताले भृकुटी न्यूजलाई बताए ।