• समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
×
Vrikuti News
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
VK
Vrikuti News
आइतबार, साउन १०, २०८३
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
  • ☰

भर्खरै

भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो

“जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 

विश्व भूराजनीतिक जटिलता, दक्षिण एसिया  र नेपालको कूटनीतिक भविष्य

१३ स्थानीय निकायले अझै ल्याउन सकेनन् बजेट, आजसम्म बजेट ल्याउन नसक्ने स्थानीय निकायहरू यस्तो छ सूची

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको गजल

लोकप्रिय समाचार

  • १. नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो

  • २. “जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 

  • ३. विश्व भूराजनीतिक जटिलता, दक्षिण एसिया  र नेपालको कूटनीतिक भविष्य

  • ४. भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

  • ५. भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • ६. भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

  • ७. १३ स्थानीय निकायले अझै ल्याउन सकेनन् बजेट, आजसम्म बजेट ल्याउन नसक्ने स्थानीय निकायहरू यस्तो छ सूची

प्रधानमन्त्रीज्यू ! कहिले पलाउँछ तपाईंको चेतना?

आदरणीय प्रधानमन्त्री केपी शर्मा ओलीजी,
म तपाईंलाई यो पत्र लेख्दै गर्दा मेरो मन अनेकौं प्रश्नले भरिएको छ। देशको सर्वोच्च पदमा आसिन तपाईंको नेतृत्वमा देशले विकासको गति लिने आशा थियो। तर, विडम्बना, आज देश भ्रष्टाचार, कुशासन र अराजकताको दलदलमा फसेको छ।
तपाईंको बोलीमा विकासको नारा छ, तर व्यवहारमा विनाशको चित्र छ। तपाईंको भाषणमा राष्ट्रवादको राग छ, तर कार्यमा, भित्री चरित्रमा विदेशीको चाकरी र दास मानसिकता नै व्याप्त छ। नाकाबन्दीदेखि चुच्चे नक्सासम्म हेर्दा आवरणमा बाघ नै हो तपाईं तर लिपुलेक लिम्पिया धुरामा भारत चिनको सम्झौता विरुद्ध बोल्न नसक्ने र चुच्चे नक्सासहितको पाठ्यपुस्तक डम्पिङ गर्ने तपाईँको भूमिका हेर्दा तपाईँ बाघको छाला ओढेको ओरिजिनल स्याल हो भन्ने कुरा जनतामा छर्लङ्ग छ । तपाईंको मुखमा ‘समृद्ध नेपाल सुखी नेपाली ‘ को गुलियो  नारा छ, तर जनताको थाली रित्तो हुँदै गएको छ।
प्रधानमन्त्रीज्यू, कहिलेसम्म यो दोहोरो चरित्र? कहिलेसम्म यो पाखण्ड?
तपाईंको सरकारले जनताको विश्वास गुमाएको छ।
यो कुरा तपाईं र तपाईंलाई पार्टी अध्यक्ष बनाउने एमाले र प्रधानमन्त्री बनाइदिने नेपाली काँग्रेसलाई राम्रो थाहा छ । तपाईं सँग जनता आक्रोशित छन् भोजपुरमा सर्वसाधारणले गालामा दिएको थप्पड, टुँडिखेलमा युवाले गरेको प्रतिरोध, दरवार मार्गमा भोगेको नाराजुलुस र अमेरिका भ्रमणमा जाँदा कार्यक्रममै सहभागी बन्न नसक्ने स्थिति , सुरक्षा दिन नसकिने सुरक्षा निकायको त्यहाँको प्रतिक्रिया यी सबै घट्नाले तपाईंको चित्र देखाएको छैन र ? तपाईंको नेतृत्वमा देशको भविष्य अन्धकारमय बनेको छ। यो कुरा नेकपाको विभाजन देखि १० भाइ प्रकरण, डा.भीम रावलको निष्कासन, विद्या पाण्डे र उषा किरण तिम्सिनामाथिको कारबाही र उनीहरूले उठाएका प्रश्नले पनि पुष्टि गर्दैन र ? काँग्रेससँग गठबन्धन गराइदिने व्यापारी, एमाले पार्टी कार्यालय निर्माणमा प्राप्त नक्कली दान,विद्युत महसुलको सवाल, भ्यू टावर,रेल र पानीजहाजको तपाईंको विकास मोडल र पछिल्लो समय वन, सहकारी र सञ्चार विधेयकमा देखिएको तपाईँको अनुहारले तपाईंलाई पूर्णरूपमै एक्स्पोज गरेको छैन र ? जङ्गल मास्ने, मुख थुन्ने र ठगहरुको संरक्षण गर्ने शासक पनि शासक हो भनेर मानिदिनु पर्ने हो ? यो हेर्दा रवि लामिछनेमा हीनता बोध नदेखिनु  र विद्या भण्डारीले एमालेमा सक्रिय राजनीतिको पटुका कस्नु स्वभाविक नै देखिन्छ। जे पनि गर्दा हुन्छ  को शासकीय दम्भ, हेपाहा र निरंकुश शैली, भावी पुस्तालाई युग युग सम्म सग्लो नेपाल हस्तारण गर्नुपर्ने दायित्व नठान्ने असुर नीति  जस्ता तपाईंका निजी प्रवृत्ति र अहंकारले देशलाई खोक्रो बनाएको छ र थप बर्बादी तर्फ जाने कुरा निश्चित प्राय छ।
अझै पनि समय छ, प्रधानमन्त्रीज्यू। आफ्नो गल्ती स्वीकार गर्नुहोस्। जनताको आवाज सुन्नुहोस्। देशलाई सही दिशामा लैजानुहोस्।
यदि तपाईंले आफ्नो शैली परिवर्तन गर्नुभएन भने, इतिहासले तपाईंलाई कहिल्यै माफ गर्ने छैन।
भवदीय,
ज्योतिकिरण

  • #प्रधानमन्त्री केपी ओली# ज्योतिकिरण #भृकुटी न्यूज काठमाडौं
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता
भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर
भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

धेरै पढिएको

  • १.
    नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो

  • २.
    “जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 

  • ३.
    विश्व भूराजनीतिक जटिलता, दक्षिण एसिया  र नेपालको कूटनीतिक भविष्य

  • ४.
    भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

  • ५.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • ६.
    भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

ताजा समाचार

  • १.
    भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

  • २.
    भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

  • ३.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • ४.
    नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो

  • ५.
    “जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 

  • ६.
    विश्व भूराजनीतिक जटिलता, दक्षिण एसिया  र नेपालको कूटनीतिक भविष्य

हाम्रो बारेमा

भृकुटी संचार प्रा.लि. द्वारा संचालित
www.vrikutinews.com

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor – 10, Kathmandu, Nepal

सम्पर्क नम्बर
९८४२३६७५९५

ईमेल
vrikutionlinetv@gmail.com

हाम्रो टीम

प्रधान सम्पादक
ज्याोति किरण रिजाल

सम्पादक
शक्ति किरण रिजाल

न्युज डेक्स
सीता आस्था ढुङ्गेल

समाचार संयोजक
हेमन्त तिवारी

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Vrikuti News | All rights Reserved.
 Website By :  nwTech.