२५ पुस, काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री तथा सत्ता साझेदार नेपाली कांग्रेसका नेता एनपी साउदले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनबारे दिएको अभिव्यक्ति दुई दलबीचको सहमतिविपरीत रहेको बताएका छन् ।
कांग्रेस बर्दियाले बिहीबार पार्टी कार्यालयमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा नेता साउदले भने “प्रधानमन्त्री ओली जी को पछिल्लो अभिव्यक्तिले ओली जी सहमति विपरीत जानुभएको देखिन्छ यस्तो स्थितिमा काँग्रेसले संविधान संशोधन र गठबन्धनको औचित्यबारे सोच्नै पर्छ।” घुमाउरो पारामा सत्ता गठबन्धनबाट पछि हट्ने संकेत गरेका साउदले कांग्रेसले तत्काल सोच्न आवश्यक रहेको बताए ।