पोखराको शान्ति सुरक्षा बिगार्दै रास्वपा, सहकारी पीडितमाथि कुटपिट, गाउँलेहरूलाई धम्की

0

७ कार्तिक, पोखरा। राष्ट्रिय स्वतन्त्र पार्टीका गतिविधिले पोखराको शान्ति सुरक्षा बिथोलिन पुगेको छ। प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको पोखरामा दिनहुका नारा जुलुस होहल्ला र मुडभेडका सम्भावनाले विदेशी पर्यटकमा समेत नराम्रो प्रभाव पारेको छ।

पोखरा र आसपासमा रहेका विदेशी पाहुनाहरू त्रसित बनेर प्रश्न गर्न थालेका छन् भने रास्वपाका कार्यकर्ताहरूले पोखरामा सहकारी पीडितहरुलाई कुटपिट र धम्की दिने कार्य गरेका छन्। डा.तोसीमा कार्कीको नेतृत्वमा गाउँ पसेका रास्वपाको युवा समूह बताउने एक समूहले गाउँगाउँमा पुगेर रवि पक्राउको विरोधमा जुलुसमा सहभागी हुन गाउँले सर्वसाधारण,महिला बालबालिका तथा सोझा सीधा मानिसहरूलाई धम्की दिने कार्य समेत सुरु गरेको स्थानीयले जानकारी दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here