१५ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रियामा ५ अर्ब रुपैयाँको चलखेल भएको आरोपप्रति विश्वास नरहेको बताएका छन् ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा ओलीले ‘बोर्ड अध्यक्ष नियुक्त हुँदैमा कसैले ५ अर्ब दिन्छु भन्छ भन्ने कुरा आफूलाई पत्यार नलागेको’ उल्लेख गरे । माओवादी प्रति लक्षित गर्दै प्रम ओलीले आफु कमिसनको निम्ति काम गर्ने मानिस नभएको भन्दै कटाक्ष गरेका छन्।