काँग्रेस नेता धनराज गुरुङ दम्पति सहकारी ठगीमा संलग्न,नक्कली डिभोर्सको नाटक मञ्चन

0

काठमाडौँ —सत्तारूढ कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङमाथि सहकारीको रकम दुरुपयोग गरेको आरोप लागेको छ । धनराजकी श्रीमती ज्योति गुरुङ ललितपुरको मितेरी सहकारीको महाप्रबन्धक रहेका बेला रकम हिनामिना गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा उजुरी परेको छ भने संसद्मा समेत प्रश्न उठेको छ ।

ज्योतिले १४ करोड ८१ लाख रकम दुरुपयोग गरेको र त्यसमा धनराजको पनि संलग्नता रहेको बलियो प्रमाण सहित प्रहरीमा उजुरी गरेको सहकारीका अध्यक्ष कुम्भराज गुरुङले बताए । फरार ज्योतिलाई पक्राउ गर्न रेडकर्नर नोटिस जारी हुनुपर्ने माग गर्दै  नेपाल ल्याएर उनको सम्पत्ति बेचेर भए पनि सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने वातावरण बनाइदिन माग गरिएको छ।

धनराज र ज्योति मिलेर रकम हिनामिना भएको चाल पाएपछि सहकारीका बोर्ड सदस्य मिलेर दुवैसँग छलफल गरी कागज गराएको प्रमाण सहकारीसँग रहेको अध्यक्ष कुम्भराजको भनाइ छ । तर ठग गुरुङ भने श्रीमतीसँग नक्कली डिभोर्स गरेर आफूलाईश्रीमतीले गरेको उक्त ठगीबारे कुनै थाहा नभएको बयान दिँदै आएका छन्र तर  ठगीमा श्रीमान श्रीमती संलग्न रहेको प्रमाण सहकारीका पदाधिकारीले सीआईबीमा पठाएई सकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here