काठमाडौँ — गत श्रावण महिनामा ३९ करोड ६२ लाख ७४ हजार रुपैयाँ बराबरको सारी आयात भएको देखिएको छ । गत आर्थिक वर्षको साउनको तुलनामा यस वर्षको साउनमा १२ करोड रुपैयाँ बढीको सारी आयात भएको भन्सार विभागको तथ्यांक रहेको छ । गत आर्थिक वर्षको साउनमा २७ करोड ५९ लाख ९५ हजार रुपैयाँको सारी, लुंगी र धोती आयात भएको थियो । भने यो वर्ष १२ करोड बढीको आयात भएको छ। तीज लगायतका चाडपर्वलाई लक्ष्य गरेर भएको यो आयात विगत वर्षहरुको भन्दा धेरै उच्च देखिएको छ।
सारी, लुङ्गी पटुकी, गलबन्दी,जस्ता कपडा नेपाली ढाका उद्योगहरुमै पनि उत्पादन हुँदै आएका वस्तु हुन तर सरकारको ठोस नीतिको अभाव र राष्ट्रिय उत्पादनको प्रयोगलाई प्रवर्दन गर्न नसक्दा स्वदेशी उद्योग धरासायी भएका छन् भने मुलुकले ठूलो ब्यापार घाटा बेहोर्नु परेको छ ।