काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी सासु एवं परराष्ट्रमन्त्री डा. आरजु राणाकी आमा प्रतिभा राणा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा फेरि सक्रिय बनेकी छन् । लामो समय निष्क्रिय रहेकी राणालाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको केन्द्रीय सल्लाहकार समितिमा मनोनयन गरेका छन्।
डा.आरजु राणाकी आमा पुनः राप्रपामा सक्रिय
राणा पहिल्यैदेखि राप्रपामा आवद्ध भएर विभिन्न लाभको पदमा समेत पुगेकी थिइन् । उनी जापानका लागि नेपालकी राजदुत भइन् । संविधान सभा सदस्य देखि विज्ञान प्रविधि राज्यमन्त्री सम्मको अनुभव हासिल गरिसकेकी छिन्। पुनः राप्रपामा देखाएको राणाको सक्रियतालाई राजनीतिमा रोचक रुपमा हेरिएको छ ।