काठमाडौँ —केही सातायता डेंगी र हैजासंक्रमितको संख्या बढ्दोक्रममा रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगी संक्रमितको संख्यामा तीन हजार ८४ जना पुगेको छ ।
उच्च हिमाली जिल्ला मनाङ मुस्ताङ डोल्पा हुम्ला, जुम्ला लगायतका केही जिल्लाहरू बाहेक देशका अधिकांश जिल्लाहरूमा सङ्क्रमण देखापरेको छ।चार दिनयता एकैपटक सात सय २२ जना डेंगी संक्रमित थपिएका छन् ।