भारत भ्रमणकै बेला प्रचण्डले एमाले विरुद्ध षड्यन्त्र गरेपछि गठबन्धन टुटेको हो – सूर्य थापा

0

असार २०, काठमाडौँ। नेकपा एमालेका पोलिटब्युरो सदस्य, प्रतिनिधि सभा सदस्य एवं संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणकै क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कांग्रेससँग मिलेर जाने प्रतिबद्धता गरी एमालेलाई धोका दिने षड्यन्त्र गरेकै कारण ओलीले कांग्रेससँग सहकार्यको हात बढाएको बताउनु भएको छ। प्रचण्डले मोदीसँग गरेको प्रतिबद्धता अनुरूप कांग्रेससँग गठबन्धन गर्ने प्रस्ताव गरेको भएपनि कांग्रेसले प्रचण्डको विश्वास गर्न नसक्दा एमाले कांग्रेस एक ठाउँ आउने परिस्थिति बन्न पुगेको खुलासा गर्नुभएको छ।

भृकुटी न्यूजका प्रधान सम्पादक ज्योतिकिरणसँग कुरा गर्दै सभापति थापाले सहकारी ठगी प्रकरण छानबिनबारे समेत केही तथ्यहरू सार्वजनिक गर्नुभएको छ । प्रथम चरणको छानबिन कार्य पुरा भएको बताउँदै अधिकांश सहकारी अभियान्ताहरु भन्दा बाहिरका मानिसहरु योजनाबद्ध रूपमा सहकारी ठगीमा संलग्न रहेको पाइएको र ठगहरुबाट कतिपय अवस्थामा  प्रमाणहरू नष्ट गर्ने खतरा समेत रहेकोले सुरक्षा अङ्गका विभिन्न निकायहरूसँग प्रमाणहरुको सुरक्षा सजगता सहितको सहकार्य गरिरहेको समेत उल्लेख गर्नुभएको छ ।                                     सभापति थापाले सूक्ष्म तरिकाबाट अध्ययन गरी सत्य तथ्य बाहिर ल्याउने कुरामा शङ्का नगर्न आग्रह गर्दै छानबिनमा सहयोग गर्न सम्बन्धित सरोकारवाला सबैलाई अपिल समेत गर्नुभएको छ।

नोट:पुरा संवाद युट्यूब च्यानल( vrikuti tv) मा हेर्न सक्नु हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here