कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउ

0

जेठ ८,काठमाडौँ । कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । मंगलबार उनलाई प्रहरीको टोलीले थापाथलीस्थित कान्तिपुर दैनिकको कार्यालयबाटै पक्राउ गरेको हो ।

नक्कली नागरिकताको प्रयोग गरेको अभियोगमा अनुसन्धानका निम्ति उनलाई पक्राउ गरिएको हो । सिरोहियाका विभिन्न कम्पनीमा छुट्टाछुट्टै नागरिकता प्रयोग भएको भन्ने खबर यस अघि बाहिर आएको थियो। सिरोहियाको नागरिकता नम्बर र अन्य व्यक्तिको नागरिकता नम्बर एउटै हुन पुगेपछि यो सार्वजनिक भएको थियो। विवादास्पद नागरिकता काण्डमा चर्चित बनेका सिरोहिया अहिले प्रहरी अनुसन्धानको दायरामा तानिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here