सहमतिको अन्तिम बैठक ९ बजे बस्दै, सहमति नजुटे संसद अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याउने तयारी

0

जेष्ठ ८, काठमाडौँ। सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको क्षेत्राधिकार को टुङ्गो लगाउन कार्यदलको बैठक ९ बजे बस्ने भएको छ। दलहरूबीच सहमतिका लागि अन्तिम प्रयत्न स्वरूप यो बैठक बस्न गइरहेको बुझिएको छ। मंगलबार बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्नुअघि दलहरूले सहमति जुटाउन खोजेका हुन् । संसदीय छानबिन समितिको क्षेत्राधिकार तोक्नका लागि कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र रास्वपा सांसद शिशिर खनाल सम्मिलित कार्यदल बनाइएको छ ।
सरकारले छानबिन समितिको क्षेत्राधिकारमा सहमति नभए संसद् अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याउने तयारीसमेत गरेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here