बालमन्दिर जग्गा घोटाला: पक्राउ पुर्जी जारी भएका २० मध्ये रीता सिंह वैध बाहेक सबैले देश छोडेर भागेको खुलासा

0

जेठ ४,काठमाडौँ। बालमन्दिरको २८ रोपनी जमिन अनियमित ढङ्गले भोगचलन गर्न दिने लिने २० जना विरुद्ध पक्राउ पुर्जी जारी भएको ७ दिन बितिसकेको छ। पक्राउ पुर्जी हुँदै गृहमन्त्री रवि लामिछानेले ठूलै बहादुरी देखाएको भनेर खुसी प्रकट गरेका थिए तर पक्राउ पुर्जी जारी भएका २० मध्ये एकजना पनि प्रहरीको हाता लागेका छैनन्। प्रहरी को रेडिमेड जवाफ हामी खोज्दैछौँ भनेपनि खोजेको भरपर्दो आधार देखिँदैन। पक्राउ पुर्जी जारी गरिएका २० मध्ये ३ जनाको मृत्यु भइसकेको छ भने रीता सिंह बाहेक हाइ प्रोफाइलका १६ जना देश छाडेर भागिसकेको बुझिएको छ।
अदालतले जारी गरेको पक्राउ पुर्जी अनुसार CIB ले पक्राउ गर्न अनुमति पाएका व्यक्तिहरु:
१) बाल संगठनका तत्कालीन अध्यक्ष : रीता सिंह वैद्य,
२)उपाध्यक्ष: तुलसीनारायण श्रेष्ठ,
३) विभिन्न कालखण्डमा संगठनका महासचिव रहेका श्यामकुमार आले,
४)प्रचण्डराज प्रधान,
५)गणेशभक्त श्रेष्ठ,
६)रामकाजी कोने
७)सुवासकुमार पोखरेल
८) बाल संगठनका तत्कालीन उपमहासचिव सुमन शाक्य,
९)कोषाध्यक्ष मनोहरगोपाल श्रेष्ठ,
१०)उपकोषाध्यक्ष दीपकदास श्रेष्ठ,
११)केन्द्रीय कार्यसमिति सदस्य कृष्णशंकर साह
१२) बृहस्पति स्कूलका सञ्चालक प्रवीणराज जोशी,
१३)मुरारीनिधि तिवारी,
१४)पुरूषोत्तमराज जोशी,
१५)श्रद्धा संघई,
१६)अभिनव सिंघानिया,
१७)सिद्धार्थ केडिया
१८) कीर्तिप्रसाद पाण्डेलाई समेत पक्राउ गर्न अदालतबाट अनुमति लिएको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here