अपाङ्गता भएका मानिसहरुको आन्दोलमा प्रहरी हस्तक्षेप,सडक अवरुद्ध,दर्जनौं घाइते

0

जेष्ठ २ काठमाडौँ । अपाङ्गता  भएका व्यक्तिको प्रदर्शनले काठमाडौंको सडक अस्तव्यस्त भएको छ । सरकारले गरेको सहमतिको पालना नभएको भन्दै अपांगता भएका व्यक्तिहरूले राजधानीको भृकुटीमण्डप नजिकैको मुख्य सडकमा बसेर धर्ना एवं प्रदर्शन गरिरहेका छन् । धर्नाको कारण भृकुटीमण्डप आसपासको सडक ठप्प भएको छ ।


सवारी दुर्घटनाबाट पूर्ण अपाङ्गता हुन पुगेका तनहु जिल्ला म्याग्दे गाउपालिकाका स्थायी बासिन्दा दिपक भण्डारीले पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिहरुलाई अपा‌ङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धि ऐन २०७४, नियमावली २०७७ को नियम ९ मा उल्लेख रहेको सहयोगी सेवाको अधिकारको हनन गरेको र सरकारका कुनैपनि तहले ऐन र नियमावली को पालना नगरेर वेवास्था गरेको भन्दै २०८० चैत्र ६ गते देखि रत्नपार्कमा धर्ना बसेका थिए। अपाङ्गता क्षेत्रका विभिन्न संघसंस्था र अधिकारवादी संगठनहरूले उक्त धर्नाप्रति ऐक्यबद्धता जनाएर आन्दोलन थप सशक्त बन्ने स्थिति आएपछि सरकारले धर्नाकारीको माग सम्बोधन गर्दै विभिन्न सम्झौता गरेको थियो।

त्यही सम्झौता कार्यान्वयन नभएको र सरकारले झुक्याउने काम गरेको भन्दै अपाङ्गता भएका नागरिक,संघसंस्था तथा अधिकारकर्मीहरू आन्दोलित बनेका छन्।

आन्दोलनमा प्रहरीले अपाङ्गता भएका महिलाहरुलाई दुर्व्यवहार गर्नुका साथै अपाङ्गता भएका आन्दोलनकारी मानिसहरू प्रति कठोर र अमानवीय दमन गरेको अपाङ्गता महिला अधिकारकर्मी देवकुमारी पराजुलीले उल्लेख गर्नु भयो उहाँले प्रहरी दमनको विरोध गर्दै ” यो दमनले राज्य नाङ्गो छ” भन्ने कुरा थप प्रमाणित भएको प्रतिक्रिया दिनु भएको छ । आन्दोलनमा अधिकारकर्मी पराजुली सहित अपाङ्गता भएका दर्जनौं आन्दोलनकारी घाइते भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here