बैशाख २५, ताप्लेजुङ। पूर्व मन्त्री एबं प्रजातान्त्रिक योद्धा सुर्यमान गुरुङको ८४ वर्षको उमेरमा मंगलवार निधन भएको छ । काठमाण्डौंको कमल पोखरी स्थित हिमाल अस्पतालमा उपचारको क्रममा मंगलवार दिउँसो निधन भएको नेपाली काग्रेसका युवा नेता पदम पालुङ्वाले जानकारी दिए । १८ महिनादेखि ओछ्यान परेका उनी वाथ र सुगरका बिरामी थिए ।
बिक्रम सम्वत १९९७ सालमा जन्मिएका गुरुङले २०१८ सालमा काँग्रेस सशस्त्र विद्रोहमा ताप्लेजुङ र पाँचथरको नेतृत्व गरेका थिए । २०१८ साल चैत्र १७ गते सदरमुकाम ताप्लेजुङ कब्जागरी कारागारका कैदीबन्दी भगाइदिएका थिए । प्रजातन्त्रका निम्ति लडेका लडाकु क्रान्तिकारी नेता गुरुङले क्रान्तिका दौरानमा निर्वासित जीवन समेत बिताउनु परेको थियो।
प्रधान सम्पादक
ज्याोति किरण रिजाल
सम्पादक
शक्ति किरण रिजाल
न्युज डेक्स
सीता आस्था ढुङ्गेल
समाचार संयोजक
हेमन्त तिवारी