पूर्ण इजलासमा पुग्यो सुदूरपश्चिमको विवाद

0

२५ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले सुदूरपश्चिम प्रदेश सरकारको विवादलाई पूर्ण इजलासमा पेस गर्न आदेश गरेको छ ।

न्यायाधीशहरू हरि फुँयाल र तीलप्रसाद श्रेष्ठको इजलासले पूर्ण इजलासबाट निरूपण हुने खालको विषयवस्तु देखिएको भन्दै मुद्दालाई पूर्ण इजलासमा पेस गर्न आदेश दिएको हो ।

नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मण चौधरीले आफूलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुपर्नेमा गैरसंवैधानिक रूपमा दीर्घबहादुर सोडारीलाई मुख्यमन्त्री बनाइएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here