कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया विरुद्ध नागरिकताको कसुरमा उजुरी दर्ता, प्रहरीले थाल्यो अनुसन्धान

0

काठमाडौं ।  जिल्ला प्रहरी कार्यालय धनुषामा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको नागरिकता कीर्ते रहेको भन्दै उजुरी दर्ता भएको छ । सर्लाहीका इन्द्रजीतप्रसाद महतोले सिरोहियाको दोहोरो नागरिकता छानविनको माग गर्दै जाहेरी दर्ता गराएको जिप्रका धनुषाले जनाएको छ ।

विभिन्न निकायमा पेस भएको सिरोहियाको नागरिकता नम्बर फरक-फरक रहेको जाहेरीमा उल्लेख छ ।

प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जाहेरी दिएको पुष्टि गर्दै आवश्यक अनुसन्धन प्रक्रिया थालिने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here