काठमाण्डौ । राप्रपा अधक्ष राजेन्द्र लिङदेनको नेतृत्वमा आएको जुलुशले निषेधित क्षेत्र तोडेको छ ।
चाबहिल हुँदै भृकुटिमन्डपतर्फ अघि बढेको जुलुशले बागबजार हुँदै अघि बढ्दा निषेधित क्षेत्र तोडेको हो । सरकारले निषेधित क्षेत्र घोषणा गरेपनि विगतदेखि नै चर्को आलोचना हुँदै आएको थियो। आज राप्रपाले सुरु गरेको आन्दोलन शान्तिपूर्ण भनिए पनि निषेधित क्षेत्र तोड्ने राप्रपाको कार्यक्रमले असहज स्थिति हुन सक्ने सुरक्षा निकायको अनुमान रहेको छ।राप्रपा अधक्ष राजेन्द्र लिङदेनले यसअघि नै सरकारलाई चुनौती दिँदै निषेधित क्षेत्र तोड्ने चेतावनी दिएका थिए।।