१५ चैत्र,मुगु। गुच्ची च्याउ संकलनको मौसम शुरू भएसँगै मुगुवासीहरु जंगलबाट जडीबुटीजन्य गुच्ची च्याउ सङ्कलन गर्न व्यस्त भएका छन्। मनग्य आम्दानी गर्न थालेका छन्। छायाँनाथ रारा नगरपालिकाका-६
७,८,९, १०, १२, १३ र १४, सोरू गाउँपालिकाका-२ ३,४ र ६ खत्याड गाउँपालिकाका-६, ७ र ८ मुगमकार्मारोङ गाउँपालिका-६, ७, ८ र ९ नम्बर वडाका स्थानीयको आम्दानीको बलियो स्रोत नै गुच्ची च्याउ बन्न पुगेको छ। चैतको दोस्रो सातादेखि सुरु भएको च्याउ सङ्कलन वैशाखको अन्तिमसम्म हुँने गरेको छ। हरेक घरले एकदेखि तीन किलोसम्म च्याउ संकलन गर्दै आएका छन् । प्रतिकेजी ३० हजार रुपियाँले स्थानीय व्यापारीले खरिद गर्दै आएका छन्।
खत्याड गाउँपालिका-२ सेरीका स्थानीयले गुच्ची च्याउबाट घर खर्च चलाउन सहज भएको बताएका छन्। सेरी गाउँमा हरेक घरधुरीले ३० हजार देखि ५० हजार सम्म गुच्ची च्याउ बाट आम्दानी गर्ने गरेका छन्।’
जडीबुटी संकलन गर्ने गरेका कृषकसँग जडीबुटीको बजार र बिक्री मूल्यबारे जानकारी नहुँदा स्थानीय व्यापारीले भनेकै मूल्य अनुसार बेच्न बाध्य हुनुपरेको कारण उचित मूल्य पाउन सकेका छैनन्। डिभिजन वन कार्यालयले जडिबुटीको मूल्य निर्धारण गरी हरेक सामुदायिक वन उपभोक्ता समितिलाई जडीबुटी बजारको बिक्री मूल्य विवरण पठाएको भए पनि सो अनुसार कृषकले मूल्य नपाउने गरेको कृषकहरुले गुनासो व्यक्त गरेका छन्।
डिभिजन वन कार्यालयको कार्यविधि अनुसार स्थानीय जडीबुटी व्यापारीसँग गुच्ची च्याउ संकलनका लागि प्रतिकेजी ५ सय रुपियाँका दरले राजस्व लिइँदै आएको छ।