उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठ आज राती ११ बजे चीन जाँदै, ८ दिन सम्मको भात भान्सा उतै , ठाउँ हेर्ने र मुख फेर्ने तयारी।

0

११ चैत, काठमाडौं  । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज ८ दिने चीन भ्रमणमा जाँदैछन् ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरो सदस्य तथा जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उनी चीन भ्रमण जान लागेका हुन् ।

भ्रमण र निमन्त्रणा किन र के कालागि भन्ने कुरामा नेपाली जनता स्पष्ट नभए पनि स्पष्ट पार्नु पर्ने ठाउँमा उँभोको पत्र उँधो देखाएर,उल्टा पाल्टो सबै हेरेर , राम्रो नछुटाइ पढाएर, जम्लाहात सहितको सम्धी नमस्कार टक्र्याउँदै तथ्य जानकारी गर्ने गराउने कबुलियत नामा सहितको अनुमति लिएरै श्रेष्ठ चीन भ्रमणमा निस्कन लागेको श्रोतले बताएको छ। परराष्ट्रमन्त्रीले गरेको व्यवहार र  तयारी हेर्दा राम्रै सँग ठाउँ हेर्ने र धित मर्नेगरी मुख फेर्ने विशिष्ट योजना रहेको बुझिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here