भृकुटी न्यूज, बिराटनगर। मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत एक स्टाफ नर्स २२ वर्षीय चन्द्रीका कुमारी दासको हत्या भएको प्रहरीले जनाएको छ ।
अस्पताल नजिकै रहेको डेराको बाथरूममा मृत अवस्थामा उनलाई फेला पारिएको प्रहरीले जनाएको छ ।
दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट छ । उनको हत्यापछि शव छाडेर हत्यारा फरार भएको पाइएको मोरङ प्रहरीका डीएसपी रञ्जन दाहालले बताए ।