कुन पार्टीबाट को को भए मन्त्री ? आजै लिदैछन् सफत

0

२३ फागुन,काठमाडौँ। सत्ता साझेदार दलमा भएको सहमति अनुसार एमालेबाट:
रघुवीर महासेठ उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री
पदम गिरी कानुन न्याय तथा संसदीय मामिलामन्त्री दामोदर भण्डारी उद्योग,
ज्वालाकुमारी साह कृषि,
बलराम अधिकारी भूमि व्यवस्था तथा सहकारी,
हरि उप्रेती रक्षा,
भगवती चौधरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक,
राजेन्द्र राई खानेपानी मन्त्री बन्ने गरी कार्य विभाजन भएको छ । जसमा गिरीले यसअघि नै शपथ लिइसकेका छन् ।
माओवादीबाट:
नारायणकाजी श्रेष्ठ उपप्रधान एवम् परराष्ट्र,
वर्षमान पुन अर्थ,
शक्ति बस्नेत ऊर्जा तथा जनस्रोत,
रेखा शर्मा सञ्चार तथा सूचना प्रविधिमन्त्री र हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बन्ने भएका छन् ।

रास्वपाबाट:
रवि लामिछाने उपप्रधान तथा गृह,
डोलप्रसाद  अर्याल श्रम तथा रोजगार,
विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद
सुमना श्रेष्ठ शिक्षामन्त्री बन्नेगरी कार्यविभाजन भएको छ ।
सत्ता साझेदार दल जसपा र नेकपा एसले भने मन्त्री टुंगो लगाइ नसकेको र कसलाई पठाउने भन्ने बारे बैठक चलिरहेको बुझिएको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here