बालिका सलिन पोख्रेलको हत्यारालाई राजनीतिक संरक्षण,घट्ना मोड्न चलखेल,प्रहरीले गर्‍यो ३ जनालाई पक्राउ

0

१८ फगुन,काठमाडौँ।बालिका सलिन पोख्रेलको हत्या घट्नाका अपराधीलाई राजनीतिक संरक्षण गर्न  र अनुसन्धानलाई अवरुद्ध गर्न सत्तारुढ दलकै जिल्ला देखि केन्द्र सम्मका नेताहरू लागेको बुझिएको छ। बिभिन्न सञ्चार माध्यमहरुमा सुसाइड नोट फेला परेको भन्ने भ्रामक नोटको अफवाह खडा गराएर घट्नालाई मोड्न प्रयत्न भएको देखिएको छ भने कतिपय सञ्चार माध्यमहरुबाट घट्नाबारे गरिएको रिपोर्ट र न्यूज हटाउने कार्य समेत गरिएको बुझिएको छ । अनुसन्धान नै पुरा नभइ जबर्जस्त आत्महत्या भनि प्रचार गरिए पनि प्रहरीले स्कुलका प्रिन्सिपल, भाइस प्रिन्सिपल र होस्टलको वार्डेनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रत्ननगर नगरपालिका–१० बस्ने ६० वर्षीय बालहरी देवकोटा, ४० वर्षीय किरण बहादुर अधिकारी र ४८ वर्षका कमल शर्मा पौडेल छन् । उनीहरुविरुद्ध ज्यान सम्बन्धी कसुरमा जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी श्रीराम भण्डारीले बताए । पोस्टमार्टम रिपोर्ट आइसकेपछि थप अनुसन्धान प्रक्रिया अगाडी जाने प्रहरीले बताएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here