उपनिर्वाचनको लागि आयोगबाट निर्वाचन कार्यक्रम स्वीकृत

0

१८ फागुन,काठमाडौं । आगामी वैशाख १५ मा हुने उपनिर्वाचनको लागि निर्वाचन आयोगबाट निर्वाचन कार्यक्रम स्वीकृत भएको छ ।

शुक्रबार आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गरेर दिएको जानकारीअनुसार आगामी २४ चैत्र बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ। सोही दिन बेलुका ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुने उल्लेख छ।

उल्लिखित सूचीमा रहेका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि २५ चैत बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । सोही दिनको दिउँसो ३ बजे उपरान्त २६ चैत बेलुका ५ बजेसम्ममा मनोनयनपत्र र उजुरी उपर जाँचबुझ एवम् निर्णय गरी २६ चैतकै बेलुका ५ बजेदेखि ६ बजेसम्ममा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गरिने प्रवक्ता पौडेलले बताए ।

२७ चैतको बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ बजेदेखि ५ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने स्वीकृत कार्यक्रममा उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here