संसद भवनका प्रहरीको जिम्मेवारी खोसियो

0

काठमाडौँ – लघुवित्त पीडितहरु संसद भवनभित्र प्रवेश गरेपछि संसद भवनको सुरक्षाका लागि खटिएको प्रहरी टोलीको जिम्मेवारी खोसिएको छ।

प्रहरी निरीक्षकसहित ३२ जनालाई जिम्मेवारीबाट हटाएर नयाँ टोलीलाई पठाएको छ।

सोमबार दिउँसो लघुवित्त पीडितहरु संसद भवनमा प्रवेश गरेका थिए। उक्त घटनाबारे छानबिन गर्न उपत्यका प्रहरी कार्यालयले एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति बनाएको छ। समितिको सदस्यमा काठमाडौँ प्रहरीका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालयका डीएसपी दिनेश घिमिरे छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here