धादिङ – जिल्लाको सिद्धलेक गाउँपालिकामा परशुराम खतिवडा अध्यक्ष निर्वाचित् भएर आएपछी प्रमुख प्रशासकिय अधिकृतहरु टिक्नै सकेका छैनन् । खतिवडा निर्वाचित् भएर आएको दुई वर्ष नपुग्दै हालसम्म ५ जना प्रमुख प्रशासकिय अधिकृतहरुले गाउँपालिका छाडीसकेका छन् ।
गाउँपालिका कार्यालय छाडेका प्रमुख प्रशासकिय अधिकृतहरुले गाउँपालिका अध्यक्षलाई दोश देखाउने गरेका छन् । उनिहरुले अध्यक्ष खतिवडाले कर्मचारीहरुलाई जवरजस्त रुपमा अवैधानिक कार्य गर्न लगाउने गरेको आरोप लगाएका छन् ।
त्यस्तै चालू आर्थिक बर्षको सुरुवातमै लामो समय देखि काम गरिरहेका शिक्षक, स्वास्थ्यकर्मी, प्राबिधिक तथा अन्य कर्मचारीलाई राजनैतिक प्रतिशोधको आधारमा जबर्जस्त पदबाट हटाएर कर्मचारी सरुवाको आतंक मच्चाएको पनि खतिवडामाथी आरोप छ । खतिवडाले आफुले भने बमोजिम् काम गर्दा प्रमुख प्रशासकिय अधिकृत, लेखा अधिकृत देखी विषयगत फाँटका कर्मचारीहरुलाइ सरुवा हुन वाध्य पार्ने गरेको बताँउदै आएका छन् ।
गाउँपालिका अध्यक्ष खतिवडाले कुनैपनि कर्मचारीलाई टिक्नै नदिएको कर्मचारीहरुको आरोप छ । प्रशासनिक तवरले काम गर्ने वातावरण नै बन्दैन तसर्थ सरुवा नै विकल्प बन्ने गरेको एक कर्मचारीले बताए । नाम नबताउने शर्तमा ति कर्मचारकिा अनुसार खतिवडाले कानुनमा बलमिच्च्याई गर्ने, जनहितका काममा ध्यान नदिने, २ महिना देखि ६ महिना भित्र स्थायी दरबन्दीका कर्मचारी र प्रमुख प्रशासकिय अधिकृतलाई सरुवाको लागि वाध्य बनाउने जस्ता अवैधानीक कार्य गर्दै आएका छन् ।
यो आर्थिक बर्षमा सिद्धलेकमा कर्मचारी सरुवाको आतंकनै मच्चिएको छ । आज शुक्रबार मात्र खतिवडा अध्यक्ष निर्वाचित् बनेपछी ५ औं पटक प्रमुख प्रसासकिय अधिकृतका रुपमा गाउँपालिका आएका सन्जय बहादुर स्याङ्गतान र वडा नं.४ का सचिव लोकराज बरालले सरुवा रोजी अन्यत्र गएका छन् ।अध्यक्ष खतिवडाले गत केहिदीन अघी मात्र वरिष्ठ शाखा अधिकृत हरि बहादुर पाटा मगरलाई पनि सिन्धुलीको दुधौली नगरपालिका सरुवा गराएका छन् । त्यस्तै महिला बालबालिका शाखाकी प्रमुख कबिता भट्टको पनि गत महिना सुरुवा भएको थियो ।
कर्मचारी नटिक्ने समस्यामा रहेको सिद्धलेकको १,३ र ५ नं. वडामा निजामती सेवा प्रशासनको मान्छे नहुँदा प्राबिधिक फाँटका कर्मचारीलाई वडा सचिबको जिम्मेवारी दिँदै आएको छ ।