१८ माघ,काठमाडौँ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि बोलाएपछि नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की फरार भएका छन् ।
नेपाल दुरसञ्चार प्राधिकरणका लागि ‘टेरामक्स’ प्रविधि खरिद गर्ने नीतिगत निर्णयका कारण अरु मन्त्री र सचिवहरुसँगै तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्की पनि अनुसन्धानको दायरामा परेका थिए ।
टेरामक्समा के भएको हो ? भन्ने बारे अख्तियारमा उपस्थित भएर बयान दिन भनिए लगत्तै कार्कीले राष्ट्रियसभाको निर्वाचनलाई बहाना बनाएर टार्दै आएका थिए भने राष्ट्रियसभाको निर्वाचन अवधिकैबीच उनि फरार भएको बुझिएको छ। कार्की पक्राउ पर्ने सूचना पाए लगत्तै उच्च राजनीतिक संरक्षणमै फरार भएको आसङ्का गरिएको छ। उनि दिल्ली वा अमेरिका कहाँ पुगे भन्ने यकिन नभए पनि कतिपयले बुडानिलकण्ठ छेत्रमै लुकेर बसिरहेको हुनसक्ने आसङ्का गरेका छन् ।