१८ माघ,काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राजदरबार हत्याकाण्डबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन् । प्रधानमन्त्रीले दिएको उक्त अभिव्यक्तिले घट्नालाई थप पेचिलो बनाउने आसय व्यक्त गर्दै नेता नेपालले जटिल विषयलाई हल्का र हचुवा प्रतिक्रिया दिएर परिस्थिति गिजोल्ने गल्ती नगर्न सुझाव समेत दिएका छन् ।
छानबिन गर्छु भन्ने प्रधानमन्त्री तहको अभिव्यक्ति कार्वान्वयनमा नगए जनस्तरमा थप आसङ्का उत्पन्न हुने भन्दै नेता नेपालले जिम्मेवार हुन सुझाव समेत दिएका छन् ।